Showing posts with label नियात्रा. Show all posts
Showing posts with label नियात्रा. Show all posts
Tuesday, October 9, 2012
Thursday, November 24, 2011
सन् १९५० ताकाको नेपाल
सन् १९५० ताकाको नेपाल
अमेरिकी पूर्व राष्ट्रपति टोनी हेगनले सन् १९५० ताका नेपाल भ्रमण गर्दा तयार पार्नु भएको यो भिडियोमा त्यति बेलाको सुन्दर अनुपम नेपाललाई कैद गरिएको छ | उहाँले गर्नु भएको झन्डै १४००० किलोमिटर पैदल यात्राको सक्षिप्त रुप हो यो भिडियो | यु ट्युबमा उपलब्ध यो भिडियो अहिलेको पुस्तालाई हेगनको अनुपम उपहार पनि हो |
Monday, November 21, 2011
सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन
सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन
आज हामी ब्लगको यो अंकमा लण्डनको वेम्ब्लीमा रहेको सनातन हिन्दु मन्दिरको दर्शन गराउने छौ | लण्डनमा रहेको थोरै ठुला हिन्दु मन्दिरहरु मध्येको एक यो मन्दिरको आधुनिक भवनको निर्माण हालसालै पुरा भएको छ | यसको निर्माण र त्यो संगै जोडिएका अरु कैयन कुराहरुको बारेमा ब्लगको अर्को अंकमा चर्चा गरौला | तर आजलाई भने गत बर्ष चैत्र महिनामा त्यहाँ पुग्दा खिचिएका केही तस्विरहरु तपाईहरुसंग बाढ्दैछु | मन्दिरको भित्री परिसरमा तस्विर लिन बन्देज गरिएको थियो, त्यसैले त्यहाँका बाहिरी आवरणका तस्विरहरु मात्रै मसंग छन् यति बेला |
Labels:
अजय ढुंगाना,
नियात्रा,
लण्डन
Sunday, October 30, 2011
अक्सफोर्ड यात्राको सम्झना
अक्सफोर्ड यात्राको सम्झना
लक्ष्मी पुजाको दिन गरेको अक्सफोर्ड यात्राका केही मिठा नमीठा, राम्रा नराम्रा तर सबै यादगार पलहरुको तस्विरलाई आजको ब्लगको सामाग्री बनाएको छु | सबै तस्विरहरु आफै बोल्न सक्दैनन् कि भनेर धेरै-थोरै तस्विरका बारेमा पनि लेखेको छु |
अक्सफोर्ड पुगे पछि त्यहाँ देखिएको, अक्सफोर्ड शहरका बारेमा राखिएको Information Board.
Labels:
अजय ढुंगाना,
आफ्नै गन्थन,
नियात्रा
Monday, August 29, 2011
लण्डन थेम्स फेस्टिबल र नेपाल
लण्डन थेम्स फेस्टिबल र नेपाल
बेलायतसंग नेपालको पुरानो र बेग्लै किसिमको सम्बन्ध छ; जुन चाहे जंगबहादुरले नै लेख्न शुरु नगरेको किन नहोस?? नेपाललीहरुले पनि बेलायत प्रति राख्ने धारणा भिन्दै छ; आज बेलायतमा नेपालीहरुको आवादी बाक्लै भै सकेको छ; गुर्खा सैनिकले बसाएको बस्ति मात्रै होइन यहाँ सबै ठाउँ, जात र धर्मका नेपालीहरु भेटिन्छन |
बेलायतसंग नेपालको पुरानो र बेग्लै किसिमको सम्बन्ध छ; जुन चाहे जंगबहादुरले नै लेख्न शुरु नगरेको किन नहोस?? नेपाललीहरुले पनि बेलायत प्रति राख्ने धारणा भिन्दै छ; आज बेलायतमा नेपालीहरुको आवादी बाक्लै भै सकेको छ; गुर्खा सैनिकले बसाएको बस्ति मात्रै होइन यहाँ सबै ठाउँ, जात र धर्मका नेपालीहरु भेटिन्छन |
प्रसङ्ग आज बेलायतमा रहेका नेपालीहरुको बारेमा होइन; प्रसङ्ग अंग्रेजले नेपाल प्रति राख्ने सम्मानको एउटा सानो किस्सा हो | संयोगले अस्ति शुक्रबार टावर ब्रिज पुगेको थिए; त्यहा चलिरहेको रहेछ थेम्स फेस्टिबल | लण्डन थेम्स फेस्टिबल लण्डन ब्रिज र टावर हिल ब्रिजको बीचमा र टावर हिल ब्रिजबाट देब्रे पट्टि चलीरहेको रहेछ; यो उत्सबका बारेमा धेरै कुरा मलाई जानकारी रहेन; तर यही उत्सबको एक हिस्सा दोश्रो विश्व युद्धमा प्रयोग गरिएको एक पानीजहाज जसलाई आजभोली संग्रालयका रुपमा बिकाश गरिएको छ; त्यो जहाजलाई दुलही जस्तै गरि सजाइएको थियो | त्यो संग्रालय पहिले नै घुमीसकेको हुनाले फेरी भित्र जाने रहर चलेन त्यसैले लण्डन ब्रिजबाट टावर हिल ब्रिज तिर अगाडि बढे; बादलले घामसंग लुकामारी खेल्दै थियो; बिच-बिचमा पानी सिम सिम पर्दै थियो | केही अगाडि बढे पछि देखे त्यो उत्सबमा फोटो प्रदर्शनी पनि गरिएको रहेछ; त्यहाँ रहेका केही तस्विरमा पुगेर मेरा आखा टक्क अडियो | ति तस्विरहरु थिए, नेपालको नेवारी परम्परा अनुसार गरिने बिबाहका दृश्यहरु | लण्डनको एक मुख्य पर्यटकीय केन्द्रको छेउमा नेपाली सस्कृतिका केही तस्विरहरु सजाएर राखीएको देख्दा मनमा छुट्टै किसिमको आनन्द छायो, तरङ्गले भरियो |
Thursday, February 24, 2011
तँ, तपाईं , हजुर ! (नियात्रा); आलोक चालिसे
तँ, तपाईं , हजुर !
गैर आवासीय नेपाली अर्थात् बाजेका पालामा भन्ने शब्द - लाहुरे ! बिकाशोन्मुख् देशको नागरिक हुनुको पिडा - ज्ञान र अबसरको खोज सँगै सन् २००२ ले मलाई लाहुरे बनायो । ( हुन त भारत् बाट पाकिस्तान अलग नहुँदैको तत्कालिन लहोर शहरमा श्रम बेच्न जानेहरुलाई प्रयोग गरिने सम्बोधन हो क्यार । तर आज नेपाली शब्दकोशले स्विकारी सक्यो - परदेशीको सम अर्थमा । )
राजधानी मानै जन्मिए पनि रेल मार्ग, उधोग र आडबिक उर्जा अनी गगन चुम्बी महल जस्ता बिकास बाट पिछडीएको देश नेपालको राजधानीमा थिए म । एकएक बिदेसमा पनि संसारका सक्ती राष्ट्रहरु मध्येको जापानमा अद्ययनकोलागी आउने कुराले रोमान्चित र कौतुहल थिए । अलग जाती , फरक भाषा , प्रचुर बिकास । के होला , कस्तो होला?.....
सर्ब प्रथम त बिकास र सभ्यताले भरिएको सफा र सुकुमार शहर देख्दा आँखा खुलेका खुलेकै भये । हाम्रा नेताज्युहरुले सपना देखाएका सिङापुर यही नै पो होकि जस्तो लाग्यो । अनि नेपालकोबस्तु परक मुल्यभन्दा कताहो कता आकाश छुने बस्तुभाउ चाँही गज्जबै लाग्यो - आङै सिरिन्ङग हुने। म नेपालबाटै छात्रब्रित्ती पाउने भाग्यमानी भित्र थीइन, न त त्यती अब्बल छात्र नै । कलेज् फी र जिबन यापनका लागि जापानी श्रम मन्त्रालयको अनुमतिमा काम खोज्न थाले ।
संसारमै बिकास र पूर्वधारमा अग्रडी मध्एको जापानका जनता पनि तेत्तिकै स्वाबलम्बी र स्वाभिमानी । अफुमै निर्भर छ देश पनि र जनतहरु पनि । येस्को नकारत्मक प्रभाब नै होला , अङ्रेजी भाषाको न्युन प्रयोगका कारण बहिरि दुनियाँ र अन्य देशका नागरिक प्रती तर्किएर हिंड्ने स्वभब छ यिनीहरुको । काम्खोज्न भौतरिएको मलाई छिमेकी राष्ट्र भारतका भोजनलय संचालकहरु नै उत्तम गन्तब्य रहे । तिनिहरु प्रतीको मेरो नेपालको धारणा "खलि सिसी पुराना कागज" भन्दा बिल्ल्कुल फरक अनुभब महसुस हुँदै थियो । मेरो ठम्याइमा हामी नेपालीहरु गरीबीका कारण अद्यागमन् कानुन् मिचेर बिदेशमा "ओभर स्टे " हुन वाध्य छौ । तर हामीभन्दा पनि कम्जोर पश्चिम बङाल र बिहारका भारतीयहरु पनि तेती सारो नदेखिने रहेछन ओभर स्टे। उपल्लो तहमा आसन्न भारतीयहरु जो सुचना- प्रबिधीमा दक्ष्य छन् ,तिनिहरुको आय देखेर त हुनेखाने जापानिज पनि डाहले जल्थे । तल्ला तहका सिप बोकेका मज्दुर पनि अद्यागमन् कानुन मानेरै बसेकाहरु धेरै थिए। बिल्कुल फरक रुपमा हामी नेपालीहरु चाँही मौकाको दाउ हेर्दे १५ दिने प्रशिक्ष्यन् होस् या ४ बर्शे विद्यार्थी काल ,भागीहाल्ने दाउ हेर्ने प्रब्रीती रहेछ । यसैले त भारतीय प्रती मेरो दृष्टिकोड र मुल्याङ्कनमा ९० डिग्रीको बद्लब महसुस गर्दै थिए ।
समय चक्र घुम्दै थियो , ४ बर्षको अद्ययन सकाएर जापानी ब्यबसाइयिक सस्थामा काम गर्न सुरुगरे । काम चाँही बिषय भन्दा अली फरक नै ठियो । तर मौकामा दाउ हान्न म पनि नेपाली नै थिए , किन पछाडि पर्थे ? सम्झौता गरे कम्पनी सँग । काम थियो - २५ जन बिदेशी काम्दार र प्रशासन तथा अन्य ग्राहक कम्पनी बिच्मा सम्बाद्को पुल् जोड्नु थियो । त्यती बेलाको मेरो अनुभब हो - तँ , तपाईं र हजुरको फरक । हामी नेपालीहरुले साह्रै माया पएका छौ जापानीहरु बाट । तर "SYMPATHIC" माया, अर्थात निगह । तर भारतीयहरुलाई तेती माया गर्दैनन, इज्जत गर्छन् आदर छ - पेशागत दक्ष्यता को , सिप र बिकासको ।
म भित्र एउटा नजानिदो जलन थियो भारतीय सहकर्मीहरु प्रती । मान्छे मान र इज्जत को सधैं लालायीत हुन्छ नै । त्यसैले पनि म हामीलाई दयापूर्ण सम्बोधन- तिमी होइन इज्जतको व्यबहार तपाईंको महसुश गर्न चाहन्थे । अनी थोरै हिनता बोध पनि भयो । करण म पनि आम् नेपाली कै प्रतिनिधित्व गर्दै प्रशासनिक काम हेर्ने सम्झौत गरेको थिए - नोकरी बाचाउन र जापान मै टिकिरहन । संघर्श गर्ने- नेपाल फर्किएर नयाँ चुनौती सामना गर्ने या अरु उपयुक्त काम खोज्ने, तिनै वटा बाटाहरु छोडि सकेको थिए मैले । लाग्यो यिनै कारणहरु हुन हामीलाई दयाभाब को बिचरा बनाउने।
जसै तसै १ बर्ष पार गरेर अर्को बर्ष काम फेरे । नौलो कार्यालय थियो उनै भारतीयहरुको सुचना तथा प्रबिधी ब्याबसाइक संगठन । परिवर्तन खोजेको मेरो दिमागलाई राम्रो अबशर थियो त्यो । मैले प्रत्यक्ष महसुस गरे भारतीय सूचना तथा बिज्ञान प्रबिधी प्रतिको बिकासमा जापान (शायद सबै बिकशित र सक्ती सम्पन्न मुलुक) को उच्च मुल्याङ्कन ।
सहकार्यका लागि प्राश्ताब् आउथे जापानी तथा बिदेशी लगानिका ब्याबसायिक संगठनहरु बाट दिनानुदिन । बिजिनेश मिटिङ , गोस्ठी र कार्यक्रमका आमन्त्रण हुन्थ्यो दोभसेका ब्यबस्था साथ । चिनको महंगी चड्दो श्रम बजार बाट भारतीय श्रम बजारतिर आक्रिस्ठ प्रश्ताब्हरु आउथे - भारत बाटै दूर समायोजन् तथा सेवा कालागि । मेरो मन भित्र भित्रै लोभिन्थ्यो - यी र यस्ता अबशर हाम्रो देशमा भित्र्याउन रोजगारी बड्थ्यो , सिप फैलिन्थ्यो । बिकासमा कोशे ढुङा हुन्थ्यो । बाटोभरी यी र यस्तै तर्कनाहरु मनभरी समेट्दै आए । मानौ कि मैले बिकासको सुत्राधारनै फेला पारे ।
कोठामा आएर अन्लाइन मेडियाका खबरमा आँखा दौडाये - लोड्सेडिङ दैनिक १२ घण्टा, पेट्रोलको अभाब, बन्द, लुट, अपहरण, हत्त्या, बिस्फोट जस्ता अध्यारोका मुस्लाहरु । दिनभरी मौलाएको नौलो नेपालको बिकास कताबाट र कसरी थाल्ने ? मेरो सुत्र फेरि त्यही समाचारका अराजक भिड सँगै मिसियो । धेरै नियाले । छेउ - पुछर पाइन । अनी के नै गर्न सक्थे ? दूइहात जोडेर पशुपतिनाथ गुहारे - प्रभु यी भिडहरुलाई चेतना भरिदेउ । अरु केही गर्न नसके पनि तोड्फोड र बिनाशको हुन्डरी नबगाउन । त्यती भए हामी "कठै बरा बिचरा" होइन "तपाईं" को सम्बोधनमा इज्जत र मान पाउने थियौ ।
अस्तु
जुन २००८ , टोकियो
(अन्तरराष्ट्रिय नेपाली समाज जापानको प्रकाशोन्मुख स्मारिकामा प्रेसित)
www.majheri.com बाट
Saturday, January 22, 2011
नचढेर भेटिएको सगरमाथा(नियात्रा); श्रीओम श्रेष्ठ 'रोदन'
नचढेर भेटिएको सगरमाथा
हो, मैले सगरमाथा चढिन तर मेरो हृदयले सगरमाथालाई छोयो । हो, यस्तै लाग्यो मलाई । जब म हिमाली दृश्यहरूको अवलोकन उडानबाट अवतरित भए । त्रिभुवन विमानस्थलमा रोकिएको बुद्ध एयरको विमानबाट ओर्लन लाग्दा सुन्दरी एयर होस्टेजले अभिवादन गर्दै प्रमाणपत्र दिएको थियो । सगरमाथा नजिकै बुद्ध एयरको विमानको फोटोसहितको प्रमाणपत्र ।............ माउन्टेन फ्लाइटमा गयो भने सजगरमाथा लगायतका अन्य हिमालहरू नजिकैबाट देखिन्छ भन्ने सुनेको थिए । नेपाल र नेपालीको जताबाट पनि साइनो लाग्ने सगरमाथा चढ्ने त कुरै भएन, नजिकैबाट हर्ेर्ने सम्म रहर पनि लक्का जवान हुने बेला भइसकेको थियो । श्रीओम सर दर्ुइवटा माउन्टेन फ्लाइटको टिकट छ जाने हो - रामबाबु अधिकारीले एक दिन मोबाइलमा फोन गर्नु भयो । मेरो हृदयदेखिको इच्छा थाहा पाउनु भएर होला उहाँले मलाई नै प्रस्ताव राख्नु भयो बाँकी एक सिटको लागि । मैले तुरुन्तै जवाफ दिन सकिन उहाँलाई । नजाउँ मनले नमान्ने, जाउँ बगलीले नमान्ने । म भित्र एक प्रकारको हुँडरी मच्चियो । केही बेरकेा अलमललाई पछि फेरि भने उहाँसँग, जानु त हुन्थ्यो नै तर त्यति धेरै पैसा तिरेर ..। मेरो आसय बुझिहाल्नुभयो र स्पष्ट पार्नु भयो । हामी विदेशीहरूले जस्तै सात हजार जति तिर्नु पर्दैन । यो चिठ्ठामा परेको टिकट भएकोले हामीले थोरै दिए पुग्छ । टिकट, वीमा र एयरपोर्ट ट्याक्स गर्दा तीन हजार जति होला - चालीस मिनेट प्लेनमा बसेर हिमाल हर्ेनलाई तीन हजार रुपियाँ खर्च गर्ने हैसियतै त होइन तर मौकामा हीरा पनि फुटाल्नर्ुपर्छ भनेको यस्तै बेला त होला नि । आधाभन्दा पनि कम पैसामा हिमाल र सगरमाथालाई समेत नजिकबाट हर्ेन पाउने अनुपम अवसर गुमाउने पनि कुरै भएन । त्यसपछि हाम्रो कार्यक्रम तय भएको थियो चैत १७ गते बिहानको । अरु केही नभए पनि २०६२ सालको अविस्मरणीय यात्रा पनि हुनेछ । संयोग पनि कस्तो, र्सर्ूय ग्रहण र घोडे जात्रा दुवै एकै दिनमा परेको छ आज । नेपालीहरूमा............कसैले केही गर्न नसक्ने काम भयो भने घोडेजात्राको भोलिपल्ट भन्ने प्रचलन छ । हाम्रो लागि पनि सहज कार्य त हुँदै होइन पैसा तिरेर माउन्ट फ्ल्याइटमा जानु । छुट त आफ्नो ठाउँमा छँदैछ । हाम्रो सर्न्दर्भमा भने भोलिपल्ट घोडेजात्राकै दिन सम्भव भएको छ । प्लेनभित्र पस्दा बिहानको आठ बजिसकेको थियो । काठमाडौँ उपत्यका तुँवालोले गर्दा डक्म ढाकेको थियो कतै हिमालहरू पनि हर्ेन नपाइने पो हो कि भन्ने डर पनि मनमा टुसुक्क बसिसकेको थियो । तर एकै छिनमा प्लेनका झयालहरूबाट टलल हिमाल टल्केको देखिन थालिहाले । वाह वाह क्या गजबले हिमालहरू देखिए । सेता सेता हिमालहरू, सफा र स्निग्ध हिमालहरू, उज्याला हिमालहरू । प्रदूषणले छुन नसकेका, कसैले विगार्न र भत्काउन नसकेका कुमारी हिमालहरू । सौर्न्दर्यको ताज लगाएर सेतो साडीमा देखिएकी कामुक सुन्दरीजस्तो । साँच्चै हो, हिमालहरूलाई नजिकबाट देख्दा के गरुँ के गरुँ जस्तो हुँदो रहेछ । नापेरै हेरे त टाढै हुन सक्ला हिमाल र हाम्रो दूरी तर मलाई त्यस्तो पटक्कै लागेको छैन । हात बढाएँ भने अँगालोभरिको बनाउन सक्छु, मलाई यस्तै लागिरहेको छ । बिहान बिहानै उत्तेजित हिमालले फेरेको सास पनि सुन्न सकिन्छ जस्तो । विमान आफ्नो गतिमा उडिरहेको छ । प्लेनभित्र कोरियन र जापानिजहरू बढी छन् । हिमालका दृश्यहरू हेरेर उनीहरू उत्तेजित भइरहेका छन्, भावविहल भइरहेका छन् ।
Labels:
नियात्रा,
श्रीओम श्रेष्ठ 'रोदन'
Sunday, January 2, 2011
हात्तीवाङ्-खालीहात नजानोस्!, भुवनहरि सिग्देल
हात्तीवाङ्-खालीहात नजानोस्!
मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्भिmँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।
अघिल्लो दिन योजना बन्छ-भोलि हात्तीवाङ् जाने । राति चार मिनेट निद्रा बिग्रन्छ-भोलिको अत्यास सुरु भएको हुनाले । करङतिर उपियाँजस्ता सगसगाउँछ । त्यहाँ उपियाँ छैन मलाई थाहा हुन्छ । त्यो सगबग हात्तीवाङ्को हो, करङ भित्रपट्टकिो । थाकेको शरीरलाई निदाउन करैलाग्ने हुनाले मलाई थाहै नदिई निदाइसक्छ-एउटा अन्तरालमा ।
बिहान ६ बजे नै बाटो लागिसक्नु पर्ने अवस्था किन हो भने मन्थली, लैताक, जैपुरीहुँदै महाभारत -कोटडाँडा) काटेपछि चितवनतर्फको पानीढलो सुरु हुन्छ । तेर्पे, उकालो, सल्लेभीर नाघेर गएपछि बल्ल हात्तीवाङ् गाउँ देखिन्छ, परैबाट । यो कुरो मलाई गोपे चेपाङले अघिल्लै दिन भनिसकेको कारणले दिमागमा बाटोको चित्र बनाउन सजिलो भएको हो तर आज ता गोपे चेपाङ मसँग छैन । गोपेका गोडाले मेरो उकालो हिँडिदैन पनि । गोपेले जुत्ता नभएर लगाउँदैन । मसँग जुत्ता भएकाले सजिलोखाले छान्दछु, कपडाको, हलुका । मनले त भन्छ-'गोपे जहाँ हिँड्नसक्छ म किन नसक्ने ?' वास्तवमा त्यसो हुन्न तुलनात्मक कारणले । मैले हाफ पैन्ट र पातलो कमिज लगाएँ । गोपेको जस्तो नभएर होइन, उकालोमा भारी हुन्छ भनेर मात्रै । हिजो मानबहादुर लौरो टेकेर उकालोतिर लागेको थियो । ऊ बूढो थियो, गोडाका भर थिएनन् । आज म पनि लौरो टेकेरै उकालो चढ्दैछु, गोडाको भरमाथि विश्वास नभएर ।
Subscribe to:
Comments (Atom)